Logo
Logo

नेपालमा कोरोना संक्रमण : ७०७ थपिए, ६ को मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरी ७०७ जना नयाँ संक्रमित फेलापरेका छन् । बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । बिहीबार काठमाडौं उपत्यकामा दुई सय जना थपिएका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म देशभरि ११,५५५ जनामा सक्रिय संक्रमित रहेको बिहीबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए । संक्रमितमध्ये ३,७७२ जना घरमै र बाँकी ८,०८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा ११,८३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । सोही अवधिमा २६४ जना भाइरसमुक्त प्रमाणित भए । मन्त्रालयका अनुसार अहिलेसम्म १७,९६४ संक्रमित निको भएका छन् ।
यस्तै, देशभरि क्वारन्टिनमा ११,७६८ जना छन् । अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्