Logo
Logo

पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ भदौं । कोरानाबाट थप दुई जनाको मृत्य् भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको होे ।
मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । २ भदौदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको ३१ साउनदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्