Logo
Logo

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम २१ अर्ब नाघ्यो


126
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि बढेर बन्द भएको नेप्से, आज आइतबार सामान्य करेक्सन भएको छ । आइतबार नेप्से परिसूचक ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.४६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अङ्क घटेको छ ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

नेप्से सामान्य अङ्क बढेपनि कारोबार रकम भने उच्च बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार साढे १६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको १ लाख ७८ हजार १७६ पटकको कारोबारमा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड १६ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको समृद्धि फाइनान्सको सेयरमूल्यसर्वाधिक ८.८८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, आइतबार होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्