Logo
Logo

इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार


504
Shares

जकार्ता । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताए ।

The current image has no alternative text. The file name is: indoneshiya.gif

‘तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुङ्गाले उद्धार गरेको थियो,’ उनले भने । 

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ। अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपतकालिन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समयअनुसार दिउँसो १:०० बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो । जहाजमा करिब २८० जना सवार रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्