Logo
Logo

उपत्यकामा ३६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ५ भदौ ।

काठमाडौं र भक्तपुरमा कार्यरत सशस्त्र प्रहरी बलका ३६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।


सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा कोरोना देखिएको हो । गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए । सिमा सिल गर्ने क्रममा काठमाडौंबाट उनीहरु तराईका विभिन्न जिल्लामा गएका थिए ।
त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी गरिएको प्रवक्ता अर्यालले बताए ।
सशस्त्रको सीमा क्षेत्रमा कार्यरत करिब दुई सय प्रहरी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्