Logo
Logo

रोनाल्डोलाई पछि पार्दै मेसीले बनाए नयाँ कीर्तिमान


2.7k
Shares

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टीबाहेकका गोल सङ्ख्यामा पछि पार्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले रोनाल्डोभन्दा १६७ खेल कम खेलेर यो कीर्तिमान बनाएका हुन् । 

The current image has no alternative text. The file name is: missi.jpg

शनिबार भएको मेजर लिग सकर (एमएलएस) अन्तर्गत न्यूयोर्क रेड बुल्सविरुद्धको खेलमा इन्टर मियामीका लागि मेसीले दुई गोल र दुई असिस्ट गरे । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले इन्टर मियामीले १–० ले पछि परेको खेल ५–१ ले जित्यो ।

यो दुई गोलसँगै मेसीको पेनाल्टीबाहेक कुल गोल सङ्ख्या एक हजार ११४ खेलमा ७६४ पुगेको छ । अर्कोतर्फ रोनाल्डोले एक हजार २८१ खेलमा पेनाल्टीबाहेक ७६३ गोल गरेका छन् ।

हाल इन्टर मियामीका कप्तान रहेका मेसीले पछिल्ला सात खेलमध्ये छैटौँ पटक दुई गोल गरेका हुन् । उनी यस सिजनको एमएलएस गोल स्कोरर सूचीमा १८ गोलसहित शीर्ष स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्