Logo
Logo

पब्जी मोबाइल वर्ल्डकपका लागि होरा ई-स्पोर्ट्सको विदाई


567
Shares

काठमाडौं । साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाइल वर्ल्डकप (पीएमडब्लुसी-२०२५) मा सहभागी हुन लागेको नेपाली टिम होरा ई–स्पोर्ट्स’लाई विदाई गरिएको छ ।

ई-स्पोर्ट्स संघ नेपाल (इसान)ले सोमबार एक कार्यक्रम आयोजना गरी टोलीको विदाइ गरेको हो । संघका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सदस्य सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

पब्जी टोलीमा खेलाडीको रूपमा आकाश राई (स्काई), शीतल राई (स्लिपी), सुप्रिम अधिकारी (जिगल), आयुश लामा (नोफीयर) र प्रवेश गुरुङ (हइटदामी) छन् । प्रशिक्षकको भूमिका उगेन छोपेल लामा (माफियानिन्जा)ले सम्हाल्नेछन् । यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा विश्वकपमा छनोट भएको थियो ।

२५ जुलाईदेखि सुरु हुने पब्जी मोबाइल विश्वकपमा ३० लाख अमेरिकी डलर (करिब ४१ करोड ६५ लाख रुपैयाँ) प्राइज पुल राखिएको छ । जसका लागि विश्वभरका २४ टिम भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्