Logo
Logo

साफ महिला यू-२० च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित 


1.3k
Shares

काठमाडौं  । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० ले पराजित भएको छ ।  बङ्गलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भएको खेलको पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो ।

The current image has no alternative text. The file name is: foot.gif

योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो,भने नेपाल उपविजेतामै सीमित रह्यो । बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो । समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो ।

प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो । बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्