काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक बोलाएको छ । क्यान सचिव पारस खड्काले साउन १५ गतेका लागि बोर्ड बैठक बोलाएका हुन् ।

बोर्ड बैठकमा गत वर्ष आयोजित नेपाल प्रिमियर लिगको आम्दानी–खर्चको प्रतिवेदन पेस गरिने छ । क्यानभित्रको असन्तुष्ट पक्षले नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै नेतृत्वको आलोचना गरिरहेको थियो ।
बोर्ड बैठकबाट पारित गरेसँगै पत्रकार सम्मेलनमार्फत सबै हिसाब सार्वजनिक गरिने छ । क्यानले गत वर्ष एनपीएलको पहिलो संस्करण आयोजना गरेको थियो ।











