चौचरा, ६ भदौं । एक साता अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको संख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पहिरामा अझै ७ जना बेपत्ता छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।














