काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । पछिल्ला दिनमा कांग्रेसभित्र नेतृत्व शैली, कार्यशैली र भावी रणनीतिलाई लिएर विभिन्न तहमा बहस चलिरहेका बेला सभापति देउवाले बोलाएको बैठकलाई विशेष रूपमा हेरिएको छ ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन, गठबन्धनको आगामी रणनीति, प्रदेशस्तरका सङ्गठनात्मक तयारी र हालै देखिएका असन्तुष्टि लगायतका विषयमा कुराकानी हुने छ ।














