Logo
Logo

एसीसीले मङ्गोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता


252
Shares

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी)ले थप तीन राष्ट्रलाई सदस्यता दिएको छ । दुईदिने एसीसी वार्षिक साधारणसभाको पहिलो दिन बिहीबार मङ्गोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई सदस्यता दिएको हो ।

The current image has no alternative text. The file name is: acc.gif

योसँगै एसीसीको सदस्य राष्ट्र ३० पुगेको छ । भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का पूर्ण सदस्य प्राप्त टोली हुन् । 

एसिया क्षेत्रबाट युएई, नेपाल र ओमान तीन एसोसिएट राष्ट्रले आइसीसीबाट ओडिआइ र टी–२० आई सदस्यता प्राप्त गरेका छन् ।

थपिएका तीनसहित २० राष्ट्र भने आइसीसीका टी–२० मान्यता प्राप्त टोली हुन् । ब्रुनाइ र चाइनिज ताइपेईले एसीसीबाट मान्यता पाए पनि आइसीसीबाट भने अझै मान्यता प्राप्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्