Logo
Logo

माधव-विप्लवबीच आलोकनगरमा के छलफल भयो ?


16.6k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव एवं समाजवादी मोर्चाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउने सम्बन्धमा छलफल भएको छ ।

कम्युनिस्ट आन्दोलन र नेतृत्वमा देखिएको विचलन, भ्रष्टीकरण, निराशालाई चिर्ने गरी अगाडि बढ्नेबारे दुई नेताबिच छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । नेपाललाई भेट्न विप्लव र विश्वकर्मा बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।  

 दुई नेताबीचको भेटमा कम्युनिस्ट पार्टीमा पछिल्लो समय विचार, राजनीति लिडरशिपमा देखिएको विचलन, विभाजन, निराशा, अस्वस्थ प्रतिस्पर्धाले आन्दोलन कमजोर बनाएको र यसबारे ठोस निष्कर्ष निकालेर नीति तथा कार्यक्रम बनाऊँ भन्नेबारे छलफल भएको हो । यसकालागि २-४ दिनमानै अर्को छलफल गरिने छ । भेटमा पार्टी एकता, ध्रुवीकरणको विषयमा पनि छलफल गरिएको जनाइएको  छ । 

प्रतिक्रिया दिनुहोस्