Logo
Logo

नेकपा विवाद समाधनतर्फ, अध्यक्षद्वयले प्रतिवेदन बुझे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ भदौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले शनिबार पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार लगातार सात घन्टा बैठक बसेर कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएर केपी शर्मा ओली र प्रचण्डलाई बुझाएको हो ।


अध्यक्षद्वयको सहमतिमा विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न बालुवाटारमा प्रतिवेदन बुझेका छन् । प्रतिवेदन कार्यान्वायन गरेर नेकपाको नेतृत्वमा देखिएको विवाद समाधान गर्न लागिएको छ ।
प्रतिवेदनका विषय गोप्य राखिएका छन् । स्रातका अनुसार मुख्य गरी पावर शेयरीङ र पार्टीभित्र निर्णय गर्दा निश्चित पद्धती अवलम्बन गर्नुपर्ने विषय छन् ।

प्रतिक्रिया दिनुहोस्