Logo
Logo

निषेधाज्ञाको तेस्रो दिनः उपत्यकामा २१६ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ भदौ ।
उपत्यकामा शनिबार दुई सय १६ संक्रमित थपिएका छन् । जसमध्ये एक सय ६० जना काठमाडौंका छन् ।


भक्तपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । एकैदिन ५० जनामा संक्रमण देखिएको छ । ललितपुरमा एक दिनमा ६ जना थपिएका छन् ।
शनिबार देशभरी ६ सय ३४ जनामा संक्रमण देखिएको छ भने ९ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ३१ हजार एक सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्