Logo
Logo

आरसीबी क्रिकेटर यश दयालविरुद्ध नाबालिग बलात्कारको मुद्दा दर्ता 


945
Shares

काठमाडौं ।  आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का क्रिकेटर यश दयालविरुद्ध जयपुरको सांगानेर प्रहरी चौकीमा नाबालिग बलात्कारको मुद्दा दर्ता भएको छ । 

पीडित युवतीले दयालले क्रिकेटमा करियर बनाउने प्रलोभनमा दुई वर्षसम्म भावनात्मक ब्ल्याकमेल गरी बलात्कार गरेको आरोप लगाएकी छन् । घटना दुई वर्षअघि जयपुरमा भएको र आईपीएल–२०२५ को क्रममा सीतापुरको होटलमा बलात्कार भएको युवतीको दाबी छ ।

प्रहरीले पोक्सो ऐनअन्तर्गत एफआईआर दर्ता गरेको छ । यसअघि, गाजियाबादको इन्दिरापुरम प्रहरी चौकीमा जुलाईमा दयालविरुद्ध एक महिलामाथि यौन दुर्व्यवहार र विवाहको प्रलोभनमा शोषण गरेको आरोपमा अर्को एफआईआर दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्