Logo
Logo

विश्व बैङ्कले नेपाललाई दिने ऋणको ब्याजदर बढायो 


441
Shares

काठमाडौं । विश्व बैङ्कले नेपाललाई प्रदान गर्ने ऋणको ब्याजदर ०.५५ बाट बढाएर १.५५पुर्याएको छ । यो ब्याजदर जुलाई २०२५ देखि लागू भएको हो । वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माका अनुसार नेपाल गरिब राष्ट्रको सूचीबाट माथि उक्लिएकाले ब्याजदर स्वाभाविक रूपमा बढेको हो ।

The current image has no alternative text. The file name is: The-World-Bank.jpg

विश्व बैङ्क र एसियाली विकास बैङ्कको रणनीतिसँग मिल्दोजुल्दो विकास सहायता अघि बढाइने उनले बताए । नेपालले विकास सहायता छनोट गर्न प्रोजेक्ट रेडिनेस फिल्टर लागू गरेको छ, जसले परियोजनाको गुणस्तर र प्रतिफलमा ध्यान दिनेछ ।

वैदेशिक सहायता दुवै पक्षको सहमतिमा मात्र कार्यान्वयन हुने भएकाले नेपालको प्राथमिकतामा मात्र सहायता प्राप्त गर्न कठिन हुने शर्माले उल्लेख गरे । 

कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले वैदेशिक सहायता प्रतिबद्धताअनुसार आउन नसक्ने बताए । मन्त्रालयका प्रतिनिधिहरू प्रेम उपाध्याय र विशेष प्रधानले विकास वित्त सूचना व्यवस्थापन प्रणालीबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्