काठमाडौं । मधेश प्रदेशमा खटिएका धेरैजसो प्रहरी अधिकृतहरू बद्नाम भएर फर्कने गरेका छन् । सीमा क्षेत्रबाट हुने तस्करी तथा मधेशी जनतालाई गर्ने व्यवहारका कारण उनीहरू बद्नाम हुने गरेका छन् । मधेशी समुदायलाई आफ्नै समुदायको प्रहरी अधिकृतको बढी हेपाई सहनु परेको भन्दै अर्को समुदायबाट प्रहरी कर्मचारी खटिदा पनि उस्तै भएको गुनासोहरू बढिरहेका बेला प्रहरीकै संलग्नतामा तस्करी हुन थालेको गुनासा बढिरहेका छन् ।

अहिले मधेश प्रदेशमा डिआइजी उमाप्रसाद चर्तुवेदी छन् । उनी एआइजी बढुवाको लाइनमा छन् । तर मातहतका कर्मचारीहरूले उनलाई अटेर गरिरहेका छन् । सबैभन्दा बढी अटेरी सर्लाहीमा भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सर्लाहीमा लागु औषघ कारोबारीलाई सघाएको आरोपमा इन्स्पेक्टरलाई कारबाही नै नगरी धनकुटा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतमा रहेका युनिट इन्चार्जहरूकोे संलग्नतामा देखिएको अवस्थामा ती इन्स्पेक्टरलाई कारबाही नगरी सरुवा गरिएको हो । सर्लाहीमा पछिल्लो पटक शान्ति सुरक्षा, राजश्व चोरी तस्करी नियन्त्रणको कुरा पर जाओस, सीमा सुरक्षाभन्दा पनि बढी कमाउ धन्दामै केन्द्रित रहेको देखिन्छ ।
गत चैत २६ गते ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले ठुलो परिमाणमा लागु औषध कारोबारी सहितका एक जनालाई पक्राउ गरेका थिए । प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला अदालत मलङगवामा बुझाएको अभियोग पत्रमा समावेश प्रतिवादीको बयानले प्रहरी निरीक्षक तामाङको कार्यशैलीमाथि नै शंका उब्जिएपछि छानबिन गर्दा उनी दोषी देखिएपछि धनकुटा सरुवा गरेर बचाइएको छ ।
०८१ साल चैत्र २४ गते सर्लाही जिल्ला हरिवन नगरपालिका ३ डाबरीटोलका मान बहादुर घिसिङ्गलाइ ७ सय थान प्रतिबन्धित लागु औषध कोरेक्स प्रहरीले बरामद गर्यो । तर सर्लाही प्रहरीले अनुसन्धन फितलो गर्दै मुख्य आरोपिहरुलाई बचाउदै जिल्ला अदालत मलङ्गवामा पेश गरेको अभियोग पत्रमा ४ सय ५८ बोतल उल्लेख गरेको देखिाइयो मुद्धाका प्रतिबादी सर्लाही हरिवन नगरपालिका वडानम्बर ३ डाबरीटोल निबासी ३७ बर्षिय मानबहादुर घिसिङ्गले अदालती बयानमा आफु भरिया मात्र भएको र यसका मालिक सहित बरामद लागुऔषध प्रहरीले लुकाएको बयान दिएका थिए ।
सो बयानपछि प्रहरी निरीक्षक किशोर तामाङमाथि कारोबारीलाई जोगाएको आरोप लागेको थियो । प्रहरी निरीक्षक तामाङलाई लागु औषध कारोबारीले नै सुराकी दिएको थियो । सुराकीको योजनामा प्रनि तामाङले कम परिणाममा अदालतमा लागुऔषधको बिबरण देखाएको आरोपसमेत रहेको छ ।
उनीमाथि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपि विजय यादब नेतृत्वको टोलिले छानबिन थालेको प्रहरी छ । प्रहरी निरिक्षक तामाङ्ग लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौले जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गर्दै उनको स्थानमा प्रहरी बृत बौध्दका प्रहरी निरिक्षक चन्द्र अधिकारी लाई सरुवा गरेको छ ।
प्रहरी निरीक्षक तामाँगले २४२ पिस लागुऔषध उपहार स्वरुप लुकाएर घिसिंगबाट ४५८ पिस मात्रै लागुऔषध बरामद भएको कागजात तयार परेर कारवाही प्रक्रिया आरम्भ गरेको पक्राउ परेका घिसिङको उजुरीमा उल्लेख छ । घिसिंगलाई हिरासतमा अनुसन्धानको क्रममा प्रहरी निरीक्षक तामाँगले निर्घात कुटपिट गरेर अन्य संलग्न व्यक्तिहरुको नाम पोल्न लगाए ।
जसमा स्थानीय फेकन साह तेली, अजय मण्डल र गोलमोल भन्ने अमित जयसवालको नाम भनेका थिए । प्रहरीले चारजना प्रतिबादी बनाएर मुद्दा जिल्ला अदालतमा असार १३ गते अदालतमा पेश गरेका थिए । जसमध्ये फेकन साह महोत्तरीको बर्दीबासमा लागुऔषध ओसारपसारकै क्रममा पक्राउ परिसकेका छन ।
यस्तै असाढ २० गते जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का र मधेश प्रदेशका जसपा अध्यक्ष अशोक यादव बीचको शान्ति सुरक्षा सम्बन्धी बादबिबादको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरी उपरिक्षक खडका लाई मोबाईल फोनमै मधेश प्रदेशका पुर्वसदस्य समेत रहेका यादबले तिमिहरु मधेश लुटन आएको संज्ञा दिदै भएको बादबिबादले दुईसाता देखि सदरमुकाम मलंगवामा यादब पक्षधर आन्दोलन गर्दै आएका छन यता ४ बोरा चिनी, ४ बोरा मटर, ६ बोरा दाल लगायतका सामानहरु प्रहरीले बरामद गरेपछि सर्लाही त्रिभुवन नगर निबासी ब्यबसायी बबिता र व्रम्हपुरी प्रहरी चौकीकाप्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादव बीच मासिक रकम बुझाएर पाएको अनुमति समय भित्र बरामद गरेको भन्दै छुटाईदिन गरेको आग्रहको अडियो रेकर्ड सार्बजनिक भएको छ ।
प्रहरी र ब्यबसायी बीच कथित मासिक सेटिंगमा तस्करी भैरहेको प्रस्ट संकेत अडियोमा देखिन्छ । यस्तै गत २ गते तस्करी गर्न छुट दिए बापत पाउनु पर्ने १८ हजार रकम नपाएपछि इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख एवमं प्रहरी नायब निरीक्षक बैद्यनाथ दासले भारतबाट तस्करीको सामान ल्याउने राजिब यादव बीचको रेकर्ड सामाजिक सञ्जालमा भाईरल बनेपछि सर्लाहीमा भारतीय नाका भएर तस्करी हुदै आएको प्रमाणित भएको छ ।











