
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४०० रुपैयाँ बढेको हो । मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।











