Logo
Logo

सबै प्रहरीको कोरोना बीमा, १२ गतेदेखि लागू हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ भदौ ।
सरकारले सबै सुरक्षाकर्मीको कोरोना बीमा गरेको छ । बजेटमा उल्लेख भएअनुसार बीमा गरिएको छ ।
नेपाल प्रहरीमा भने भदौ १२ गतेदेखि बीमा लागु हुने भएको छ ।

प्रहरीमा हालसम्म सात सय जनालाई सक्रमण भइसकेको छ । उनीहरुको हकमा भने के गर्ने तय भइसकेको छैन । उनीहरुले पनि यस्तो सुविधा पाउने तर कसरी दिने भन्ने बारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।
कोरोना संक्रमण रोकथाममा अंग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढीरहेको छ । बीमा भएपनि सरकारले दिने भनिएको जोखिम भत्ता भने उनीहरुले पाउन सकेका छैनन् । गृह मन्त्रालये यससम्बन्धि प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्