Logo
Logo

पाटन अस्पतालमा कोरोनाबाट थप दुई जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ भदौं । कोरोना संक्रमणका कारण सोमबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरद्वारा साँझ जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका दुई पुरुषको मृत्यु भएको हो ।
६ भदौमा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका काठमाडौंका ७४ वर्षका पुरुष र साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।
सोमबार नै स्वास्थ्य मन्त्रालयले पछिल्लो २८ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको जानकारी गराएको थियो । मन्त्रालयले सोमबार दिउँसोसम्म १५७ जना कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको थियो । यस्तै, साँझ पाटन अस्पतालमा थप दुई जनाको मृत्यु भएकासँगै मृतकको संख्या १५९ पुगेको छ । तर, पछिल्लो मृत्यु मन्त्रालयले पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्