
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेको हो ।
बिहीबार १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











