Logo
Logo

नेपाली एमएमए फाइटर रविन्द्र ढाँट भारतमा चुंगरेंग कोरेनसँग भिड्दै 


1.3k
Shares

काठमाडौं । नेपाली मिश्रित मार्शल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले आज भारतको ग्रेटर नोएडास्थित शहीद विजय सिंह पाठक स्पोट्र्स कम्प्लेक्समा आयोजना हुने म्याट्रिक्स फाइट नाइट एमएमए १७ को मुख्य इभेन्टमा भारतका चुंगरेंग कोरेनसँग ब्याम्टमवेट च्याम्पियनशिपका लागि प्रतिस्पर्धा गर्दै छन् ।

यो बहुप्रतीक्षित लडाइँ दक्षिण एसियाली (एमएमए)मा एक ऐतिहासिक क्षण हुने अपेक्षा गरिएको छ । जहाँ दुवै फाइटरले आफ्नो कौशल र शक्तिको प्रदर्शन गर्नेछन् ।

‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र ढाँटको प्रोफेशनल एमएमए रेकर्ड ८-१-० रहेको छ, जसमा ६ नकआउट, १ सबमिसन र १ डिसिजन जित समावेश छन् । ढाँटले नेपालको लक एन रोल (एमएमए) मा प्रशिक्षण लिइरहेका छन् । उनको विपक्षी, ‘इन्डियन राइनो’ चुंगरेंग कोरेनको रेकर्ड ७-१-० रहेको छ, जसमा ६ नकआउट र १ सबमिसन जित छन् ।

‘एमएमए १७’ आज साँझ नेपाली समय अनुसार ६:४५ बजे बाट सुरु हुनेछ । भारतमा यो इभेन्ट जियो सिनेमा र डिज्नीं हटस्टार मा प्रत्यक्ष प्रसारण हुनेछ । भने अन्तर्राष्ट्रिय दर्शकहरूले म्याट्रिक्स फाइट नाइटको आधिकारिक युट्युब च्यानलमा निःशुल्क हेर्न सक्नेछन् । यो इभेन्टमा रुस, ताजिकिस्तान, जर्मनी, अष्ट्रेलिया र न्युजिल्याण्डका फाइटरहरू पनि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्