Logo
Logo

नेपालसँग खेल्ने स्ट्राइक टोली घोषणा


1.1k
Shares

काठमाडौं । अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म हुने टप इण्ड टी–ट्वान्टी सिरिजका लागि नर्दन टेरिटोरी स्ट्राइकले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा अस्ट्रेलियाका लागि ओडीआई र टी–ट्वान्टी खेलेका डार्सी शर्ट र केन रिचर्डसनसहित बिग बास लिग र उमेर समूहका खेलाडीहरू रहेका छन् ।

The current image has no alternative text. The file name is: cricket.gif

नेपालले अगस्ट १५ मा स्ट्राइकविरुद्ध पहिलो खेल खेल्दै सिरिज सुरु गर्नेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, सिकागो किंग्सम्यानसहित ११ टोली सहभागी छन् । बिबिएलका होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार र मेलबर्न रेनेगेड्सका एकेडेमी टोलीहरू पनि प्रतिस्पर्धामा छन् ।

नेपालको खेल तालिका :

अगस्ट १५ : नर्दन टेरिटोरी स्ट्राइक  
अगस्ट १६: बंगलादेश ‘ए’  
अगस्ट १८ : मेलबर्न स्टार एकेडेमी  
अगस्ट १९: होबार्ट हरिकेन्स एकेडेमी  
अगस्ट २०: मेलबर्न रेनेगेड्स एकेडेमी  
अगस्ट २२: पाकिस्तान ‘ए’

समूह चरणका शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल र फाइनल अगस्ट २४ मा हुनेछ ।

नर्दन टेरिटोरी स्ट्राइक टोली : आर्ची म्याककोर्मिक, क्याडेल म्याकमोहन, चार्ली स्मिथ, कोनर क्यारोल, डार्सी शर्ट, हामिश मार्टिन, जेकब डिकम्यान, जय अलम्यान, जेक वेदरल्ड, जोर्डन सिल्क, केन रिचर्डसन, म्याट ह्यामन्ड, साम एल्डर, टम एन्ड्रयूज, टम मेन्जीज ।

प्रतिक्रिया दिनुहोस्