
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।











