Logo
Logo

नेप्से ६३.७३ अङ्कले घट्यो


315
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ।  बजार उच्च अङ्कले ओरालो लागेसँगै नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक ८ कारोबार दिनपछि २९०० विन्दुभन्दा तल झरेको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

आइतबार नेप्से परिसूचक ६३.७३ अङ्क घटेर २८५८.९० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.३७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३१९ स्टकको १ लाख ५२ हजार ५१८ पटकको कारोबारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको ३ करोड २२ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सान्भि इनर्जीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आइतबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५९ करोडको सेयर कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ । त्यस्तै,  लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने  बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्