Logo
Logo

सशस्त्रका दुई एसपीलाई उन्मुक्ति


13.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरीलाई दिएको दुईवटा टास्क निकै महत्वपूर्ण छ । सीमा सुरक्षा र विपद व्यवस्थापनसम्बन्धी जिम्मेवारी सशस्त्र प्रहरीका लागि महत्वपूर्ण हो । यही दुईवटा टास्कमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी वहन गर्दै आएको छ । सीमा सुरक्षामा अब्बल काम गरेपनि कहिले काही कमाण्डरका कारण विवादमा आउने गरेको छ ।

यसपटक विवादमा आएका दुई एसपीलाई भने कुन शक्तिले संरक्षण गरेको हो भन्ने केही खुलेको छैन । सीमामा तस्करी गराउने र अधिक जनशक्ती बिदा छाडेर राशनमा अनियमितता गर्ने सशस्त्र प्रहरीका दुईजना एसपीमाथि कुनै कारबाही नगरी चोख्याइएको छ ।

२९ नम्बर गण दाङका एसपी मनोज धितालले मातहत कमान्डरसँंग रकम असुलेको, घोराही तुलसीपुरमा रहेका क्रसर र ट्याक्टर व्यावसायीसँग घुस लिएकोबारे बारम्बार मुख्यालयले समेत कारबाहीका लागि तयारी गरेको अवस्थामा उनको कारबाही किन रोकियो भन्ने बारेमा कोही कसैलाई जानकारी छैन ।

‘क्रसर व्यवसायीसँग पैसा मागेको र हाटबजारका लागि भन्दै पशु चौपाय छाडेको विषयमा एसपी धितालको प्रष्ट गल्ती देखिन्छ, सशस्त्र प्रहरी मुख्यालय र आइजी सचिवालयले पनि गल्ती कमजोरी भएको विषयमा आइजीलाई रिपोटिङ गरेको छ तर पनि उनलाई कारबाही भएको छैन, शक्ति केन्द्रको दबाब दिएर उल्टै धम्क्याएर बसेका छन्, धितालकै कारण अरुले पनि कमजोरी गर्दै जाने र सशस्त्र प्रहरी संगठनकै बदनाम हुने अवस्था आएको छ’, प्रहरीका एक उच्च अधिकृतले दृष्टिसँग भने ।

इता, मनाङका एसपी टोप डाँगीले ७० प्रतिशतसम्म बिदा छोडेर बदमासी गर्दासमेत कुनै कारबाही भएन । धेरै कार्मचारी बिदा छोडेको भनेर काभ्रेका एसपी प्रेम प्रसाईलाई कमान्ड सकिनु ३ दिनअघि नसिहत दिएर हटाइयो तर, अन्य यी दुई एसपीलाई केही गरिएन । ‘डाँगीको जस्तै विवाद प्रसाईको पनि थियो, तर प्रसाइलाई नसिहत दिइयो डागीलाई जोगाइयो’, सशस्त्र प्रहरी मुख्यालयका एक अधिकृतले भने ।

खासगरी डाँगी बारा बस्दा नै कारबाहीमा परिसकेका अधिकृत थिए तर, उनलाई प्रहरी मुख्यालयका केही अधिकृतहरूले राम्रो अफिसर हो, एक पटकलाई माफी दिने भन्दै जोगाइएको थियो । तर मनाङ पुगेपछि विपदको समयमा ७० प्रतिशत जनशक्ति घर बिदामा पठाएर राखेको गुनासो पटक पटक मुख्यालयमा आएको थियो ।

मनाङ टाढाको हिमाली जिल्ला भएकाले पोखराबाट अनुगमनमा समेत जाने अवस्था नहुँदा उनकै मनोमानीमा सिपाही घर बिदामा जाने गरेका छन् । ‘विदा छाडेको विषयमा विन्धवासिनी बाहिनी पोखराले पटक पटक स्पष्टीकरण सोधिसकेको छ, उनले चित्त बुझ्दो जवाफ दिएका छैनन,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्