काठमाडौं । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु-२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कास्य पदक पक्का गरेका छन् ।

थाइल्यान्डको बैङ्ककमा भएको ५० केजी तौल समूहमा अर्पिल सेफिफाइनल प्रवेश गरेसँगै कास्य पदक पक्का भएको बक्सिङका अन्तरराष्ट्रिय को-ओडिनेटर तथा नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिए ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैङ्ककमा जारी प्रतियोगितामा अर्पिलले भूटानी मुक्केबाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अङ्कका आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
यसअघि अर्पिलले साउदी अरबका मुक्केबाज इब्राहिमलाई ५-० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । अर्पिलले अगस्त ६ तारिखमा जापानका मुक्केबाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । जापानी मुक्केबाज कोटोले फिलिपिनी मुक्केबाजलाई ५-० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।











