
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । याे मूल्य हालसम्मकै उच्च भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।











