Logo
Logo

 सेयर बजारमा दोहोरो अङ्कको गिरावट


504
Shares

काठमाडौं । मङ्गलवार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार बढेर बन्द भएको नेप्से,आज भने घटेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

 मङ्गलवार नेप्से परिसूचक ४१.७८ अङ्क घटेर २८३३.५७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको सेयर कारोबार भएको बजारमा ३२५ स्टकको १ लाख ३० हजार ९५३ पटकको कारोबारमा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्यसर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैङ्क उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्