काठमाडौं । नेपाल प्रहरीका डीएसपी वीरेन्द्र थापा एसपीमा बढुवा सिफारिस भएका छन् । एसपी नवीनकृष्ण भण्डारीको अवकाश भएलगत्तै थापा एसपीमा बढुवा भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिका अनुसार थापा एसपी बढुवा सिफारिस भएका हुन् । त्यस्तै डीएसपीमा रिक्त एक पदमा बढुवाका लागि इन्स्पेक्टर राजु अधिकारी सिफारिस भएका छन् ।
यी दुवै वरियतामा अगाडि भएर पनि यसअघिका बढुवामा छुटेका थिए । २०६१ मा इन्स्पेक्टर भर्ना भएका थापा यसअघिका पाँचवटा बढुवामा छुटेका थिए । उनका व्याची सबै एसपी भइसकेका छन् ।














