Logo
Logo

नेपाल आउँदै भारतीय विदेश सचिव


945
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला उनी आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् ।

प्रधानमन्त्रीसँगकाे भेटमा विदेश सचिव मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्