Logo
Logo

भारतले भन्यो- विश्व बजारमा नयाँ युद्ध सुरु भयो

भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत कर !


1.3k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क ५० प्रतिशत पुर्याएपछि भारतले विश्व बजारमा नयाँ युद्ध सुरु भएको बताएको छ ।

रुससँग तेल खरिद गरेबापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेर ५० प्रतिशत पुर्याइएपछि भारतीय विदेश मन्त्रालयले ट्रम्पको यो निर्णयमा न्यायिक नभएको बताएको हो ।

आफ्नो राष्ट्रिय स्वार्थ अनुसार काम गरिरहेका भारत र अन्य देशमा कर थोपरिनु गलत भएको भारतीय दूतावासको ठहर छ । ट्रम्पले लगाएको कर २१ दिनपछि लागु हुनेछ ।

यसअघि ट्रम्पले रुसले युक्रेनमा मारेका मान्छेको विषयमा भारतले चासो नदिएको आरोप लगाएका थिए । बुधबार नै विज्ञप्ति जारी गर्दै ट्रम्पले रुसले युक्रेनमा गरेको काम अमेरिकी राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिको हिसाबले अत्यन्त संवेदनशील विषय भएको जनाएका छन् ।

भारतले रुससँग तेल खरिद गरेर रुसले युक्रेनमा गरेको आक्रमण रोक्न गरेको प्रयासलाई पनि मतलब नगरेको ट्रम्पको आरोप छ । तेल र ग्यास रुसले सबै भन्दा धेरै निर्यात गर्छ । यसरी रुसले निर्यात गरेको तेल र ग्यास चीन, भारत र टर्कीले सबै भन्दा खरिद गर्छन् ।

प्रतिक्रिया दिनुहोस्