Logo
Logo

‘बीवाइडी एट्टो-१’ मा सबैको नजर


315
Shares

काठमाडौं । चर्चित चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले फिचर विनाको एट्टो–१ ट्याक्सी उत्पादन गरेको छ । उक्त ट्याक्सी साइमेक्स इन्कले नेपाल भित्राएको छ ।

हाल नेपालको सडकमा २० वर्षभन्दा पुराना ट्याक्सी गडिरहेका छन् । यसैबेला बीवाइडीले ल्याएको एट्टो–१ ले ती पुराना टेक्सीलाई विस्तापित गर्न सक्ने अनुमान गरिएको छ । किनकि, बीवाइडी एट्टो–१ निक्कै सुविधाजनक छ भने मूल्यका हिसाबले समेत खाशै महँगो छैन ।

साइमेक्स इन्क नेपालका लागि बीवाइडीको एकमात्र आधिकारिता विक्रेता हो । कम्पनीका अनुसार उक्त ट्याक्सी एसी चलाउँदा लगभग २५० किलो मिटर माइलेज दिन्छ ।

उक्त बीवाइडी एट्टो–१ ट्याक्सी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डमा जारी ‘नाइमा अटो शो–२०२५’मा प्रदर्शनीमा राखिएको छ । अटो शोमा उक्त ट्याक्सी आकर्षण बनेको छ । अधिकांश अटो शो अवलोकनकर्ताको नजर उक्त बीवाइडी एट्टो–१ मा पर्ने गरेको छ ।

दुईवटा मात्र एयरब्याग भएको उक्त ट्याक्सी दुई वटा भेरियन्टमा छन् । जसको मूल्य ३७ लाख र ४१ लाख रुपैयाँ रहेको छ ।
यस्तै, ६ वटा एयरब्याग भएको १७७ एमएम ग्राउण्ड क्लिरेन्स भएको ३०० तीन सय किलोमिटर माइलेज दिने बीवाइडी एट्टो–१ को मूल्य ३० लाख रुपैयाँ तोकिएको छ ।

साइमेक्स इन्कले नेपाली अटो बजारमा पहिलोपटक भित्राएको बीवाइडी एट्टो–१ ट्याक्सीलाई पनि ग्राहकले रुचाउने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्