
काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
अध्यक्ष भट्टराईले आज बिहान भैरहवा कारागार पुगेर रास्वपाका सभापति लामिछानेलाई भेटेका छन् । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । भेटपछि उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।
भट्टराईले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए ।
लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।














