Logo
Logo

नाइमा अटो शो : बीवाइडीले खिच्यो ग्राहकको ध्यान, पहिलो दिन १०० बढी बुकिङ


504
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’ बीवाइडीमय बनेको छ । अटो शो अवलोकनकर्ता तथा ग्राहकको ध्यान विद्युतीय गाडी बीवाइडीले खिचेको छ । ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको ‘नाइमा अटो शो–२०२५’मा बुकिङमा समेत बीवाइडी अगाडि देखिएको हो ।

बीवाइडीको नेपालस्थित आधिकारिक विक्रेता साइमेक्स इन्कका अनुसार अटो शोको पहिलो दिन बुधबार नै एक सय भन्दा बढी बीवाइडीका गाडी बुकिङ भए । साइमेक्स इन्कका अशुतोष गौतमले भने, ‘अटो शोको पहिलो दिन बुधबार एक सय प्लस बुकिङ भएको छ ।’ उनका अनुसार सबैभन्दा बढी एट्टो–१ बुकिङ भएको छ भने ‘बीवाइडी सेरालियन–७’ १५ वटा भन्दा बढी बुकिङ भएको छ ।

चिनियाँ विद्युतीय गाडी कम्पनी बीवाइडीले नेपाली अटो बजार ओगट्दै गइरहेका बेला ‘एट्टो–१’ र ‘सिरालियन–७’ साइमेक्स इन्कले नेपाल भित्राएको हो । नेपाली अटो बजारमा नयाँ भएकाले पनि एट्टो–१ र सिलायन–७ प्रति ग्राहक आकर्षित भएको कम्पनीको दावी छ ।

विद्युतीय गाडी विक्री वितरणमा विश्वमै अग्रस्थानमा रहेको बीवाइडीका डल्फिन र एट्टो–३ अटो पारखीमाझ लोकप्रिय छ ।
यस्तै, नेपाली अटो बजारमा भर्खरै भित्रिएको ‘एट्टो–१’ र ‘सिलायन–७’ पनि ग्राहकले रुचाएको साइमेक्स इन्कले जनाएको छ । साइमेक्सका अशुतोष गौतमले भने, ‘बीवाइडी एट्टो–३’ जस्तै ‘एट्टो–१’ पनि ग्राहकले रुचाएका छन् । पहिलो दिन एक सयभन्दा बढी बुकिङ हुनुले पनि त्यसलाई पुष्टी गर्छ ।’

यस्तै, ‘बीवाइडी सिलायन–७’ पनि ग्राहकले रुचाएका छन् । ‘एट्टो–१’ र ‘सिलायन–७’ नेपाली अटो बजारमा भर्जिन हुन् । गौतमले नयाँ मोडल र सुविधा सम्पन्न भएकोले पनि बीवाइडी रुचाएको बताए । उनले भने, ‘शोको पहिलो दिनभन्दा पनि दोस्रो दिन बिहीबार बुकिङ राम्रो छ । त्यसैले आज हिजोभन्दा धेरै बुकिङ हुने अपेक्षा छ ।’

कतिको संख्यामा बुकिङ तथा बिक्री हुन्छ भन्नेचाहिँ साँझमात्र थाहा हुने गौतमले बताए । उनले भने, ‘तर, बीवाइडीप्रति ग्राहक र अवलोकनकर्ताको रेस्पोन्स एकदमै राम्रो छ ।’

प्रतिक्रिया दिनुहोस्