Logo
Logo

सेयर बजार दोहोरो अङ्कले बढ्यो


378
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, बिहीबार भने बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

बिहीबार नेप्से परिसूचक १८.३० अङ्क बढेर २८५०.३७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.०६ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.८९ अङ्क बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार ७ अर्ब ६३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ५४ लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बिहीबार सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ । त्यस्तै, बरुण हाइड्रोपावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड १ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी अरू उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्