Logo
Logo

लिङ्देन पक्षको बैठक बत्तिसपुतलीमा जारी


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन पक्षको बैठक जारी रहेको छ । बत्तिसपुतलीस्थित होटल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठक बसिरहेको छ ।

The current image has no alternative text. The file name is: rajendra.gif

अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको हो । महामन्त्री डा.धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ ।

लिङ्देन पक्षले आव्हान गरेको बैठकमा असन्तुष्ट नेताहरुलाई बोलाइएको छैन । मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको छ ।

लिङ्देन पक्षले नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएसँगै विवाद थप चर्किएको छ । यो विवाद निर्वाचन आयोगसम्म पुगेको छ । राणा पक्षका नेताहरूले लिङ्देनले एकपक्षीय रूपमा अधिवेशन र महाधिवेशन स्थगित गर्ने रणनीति बनाएको आरोप लगाएका छन्, जबकि लिङ्देन पक्षले विधानअनुसार काम गरिरहेको दाबी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्