काठमाडौं । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको छ ।

यसअघि ६ महिनाका लागि निलम्बनमा परेका साहलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको हो । पार्टी अनुशासन उल्लङ्घन, विधानविपरीत गतिविधि, अध्यक्ष सीके राउतविरुद्ध लागेको र गुटगत बैठक गरेको आरोपमा जनमतले साहलाई गत चैतमा निलम्बन गरेको थियो ।
चित्तबुझ्दो स्पष्टीकरण नदिएको र पार्टीको नाम९झण्डाको अवैध प्रयोग गरेको भन्दै बुधवार निष्कासन गरिएको अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।














