Logo
Logo

रवि लामिछानेले बुझाए २ करोड ७४ लाख जमानत


20.3k
Shares

काठमाडौं । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत अदालतमा बुझाएका छन् । 

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

थुनामुक्त हुन माग गर्दै तीन दिनअघि निवेदन दिएका उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम जमानतमा रिहाइको माग गरेका छन् । लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै सहकारी पीडितका लागि बिगो बापतको रकम तिर्न तयार रहेको बताएका छन् ।

उनको निवेदनमा अदालतले विपक्षीलाई जानकारी दिने आदेश गरेको छ, तर मङ्गलवार र बुधवार पेसी स्थगित भएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले माघ १३ मा लामिछानेलाई १ करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २५ मा उक्त आदेश बदर गरी उनलाई थुनामा पठाएको थियो ।

सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेको छ । सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख बिगो कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्