Logo
Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार (आज) बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता झाले बताए । उनका अनुसार बैठकमा कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ ।

रूपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदैछ । उक्त चुनावमा उम्मेदवारीका लागि रास्वपाले ९ जनाको नामावली सार्वजनिक गरेको छ । शुक्रबार र शनिबार ती नाममाथि दाबी विरोध आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्