Logo
Logo

जरेखेतमा पहिरो गयो, पृथ्वी राजमार्ग अवरुद्ध


378
Shares

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान रूखसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

पहिरोका कारण काठमाडौँ आउने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्