
एजेन्सी । पाकिस्तानी क्रिकेट खेलाडी हैदर अली इङ्ल्यान्डमा पक्राउ परेका छन् । ग्रेटर म्यानचेस्टर प्रहरीले जबरजस्ती करणीको आरोपमा २४ वर्षीय हैदर अलीलाई पक्राउ गरेको हो ।
पाकिस्तानको ‘ए’ टोली हाल इङ्ल्यान्डको भ्रमणमा छ । हैदर अली पनि उक्त टोलीका महत्वपूर्ण सदस्य हुन् । हैदर अलीले पाकिस्तानको सिनियर टोलीबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
स्थानीय प्रहरीले हैदर अलीको राहदानी पनि नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हैदर अलीविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने महिला पनि पाकिस्तानी मूलकै भएको बताइएको छ । यस विषयमा आफूहरूले पनि आन्तरिक रूपमा अनुसन्धान गरिरहेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ ।











