Logo
Logo

काठमाडौंमा ४२ जना प्रहरीमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ भदौ ।
उपत्यकामा प्रहरीलाई पनि कोरोना संक्रमण बढेको छ । बुधबार ४२ जना प्रहरीमा संक्रमण देखिएको छ ।


महागञ्ज वृत्तका थप २० प्रहरीमा संक्रमण देखिएको छ । यसअघि पाँच जनामा देखिएको थियो ।
त्यस्तै जनसेवा वृत्तमा ९ तथा सँगैको ट्राफिक प्रभागका ११ जनामा संक्रमण देखएिको छ ।
चापागाँउ वृत्तका एक थुनुवामा पनि संक्रमण देखिएपछि थप प्रहरीको परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्