काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा आज ८ टोलीले सहभागिता जनाउँदै छन् । एनपीएलको नियमअनुसार प्रत्येक फ्रेञ्चाइज टोलीले ९० लाख रुपैयाँको बजेट सीमाभित्र रहेर नेपाली खेलाडी खरिद गर्न सक्नेछ ।

विदेशी खेलाडीका लागि भने बजेटको कुनै सीमा तोकिएको छैन । मिनी अक्सनमा टोलीहरूले ‘रिटेन’ ९पुरानै खेलाडी टोलीमा राख्दा० खर्च भएको रकमबाहेक बाँकी बजेटमा सीमित भएर खेलाडी किन्नेछन् ।
नेपाली खेलाडी खरिदका लागि टोलीहरूले करिब साढे ७ करोड रुपैयाँ खर्च गर्ने अनुमान छ । अक्सनमार्फत कुल ३७ खेलाडी बिक्री हुनेछन्, जसका लागि फ्रेञ्चाइज टोलीहरूले झन्डै साढे ३ करोड रुपैयाँ खर्च गर्नेछन् ।
सबैभन्दा बढी बजेट चितवन राइनोजसँग ५८ लाख रुपैयाँ छ, भने सबैभन्दा कम बजेट जनकपुर बोल्ट्ससँग ३३ लाख रुपैयाँ मात्र छ । आठ टोलीमध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले ५/५ खेलाडी खरिद गर्न सक्नेछन् । यस्तै, पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले ४/४ खेलाडी किन्ने अवसर पाउनेछन् ।











