एकै दिन ११११ जनामा संक्रमण, ३ सय ७७ उपत्यकामा « Drishti News – Nepalese News Portal
Logo

एकै दिन ११११ जनामा संक्रमण, ३ सय ७७ उपत्यकामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ भदौ ।
नेपालमा अहिलेसम्म एकैदिन सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बिहीबार ११ सय ११ जना संक्रमित थपिएका छन् । त्यसमध्ये तीन सय ७७ जना उपत्यकाका छन् ।


त्यस्तै एकैदिन ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या एक सय ८३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्