Logo
Logo

आज उत्तर कोरियासँग भिड्दै नेपाल


819
Shares

काठमाडौं । एसीसी महिला यू–२० एसियन कप छनोटमा नेपालले आज बलियो टोली उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।

शुक्रवारको खेलमा साउदी अरबविरुद्ध एक शून्यको साँघुरो जित निकालेको नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ । एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको कारण नेपालको उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा आउनु पर्नेछ ।

नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ । नेपालले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । उत्तर कोरियाले भने साउदी अरबलाई १५–० र भुटानलाई १०–० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्