
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका तर्फबाट रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग आज छलफल गर्दैछ । रास्वपाले आज दिउँसो १ देखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागेको हो ।
छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । यसैगरी छलफलको ‘ब्जर्भेसन’ केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन् ।
झाका अनुसार दिउँसो ४ बजे उम्मेदवारका आकांक्षीसहितको पत्रकार भेटघाट कार्यक्रम हुनेछ । रास्वपाले साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो ।
जसमा सुलव खरेल, पाछाबेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।














