विराटनगर । राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी आमा ६३ वर्षीय शुभो राजवंशीको आइतबार निधन भएको छ ।

जेठा छोरा रामकिशोर राजवंशीका अनुसार, शुभो लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन् ।
विराटनगर महानगरपालिका–१४ स्थित घरमा अहिले परिवार, आफन्त र छिमेकी भेला भएका छन् । उनको आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।
शुभो राजवंशीका तीन छोरा र एक छोरी छन् । जसमा ललित कान्छा छोरा हुन् ।














