Logo
Logo

झलनाथलाई भेट्न डल्लु पुगे नारायणकाजी


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ । 

The current image has no alternative text. The file name is: narayan-kagi.gif

खनाल निवास डल्लुमा दुई नेताबिच अहिले भेटवार्ता भइरहेको खनालको निजी सचिवालयले जनाएको छ । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका र वामपन्थी एकताको विषयमा छलफल भइरहेको जनाइएको छ । 

केही दिनयता अध्यक्ष माधवकुमार नेपाल र खनालबीच आरोप-प्रत्यारोप चलिरहेको छ । यसैबीच शनिवार खनाल र नेपालको भेटवार्ता भएको थियो । तर, भेटमा दुई नेताबीचको विवादका विषयमा कुनै छलफल भएको थिएन । नेपालसँगको भेटपछि खनालले अध्यक्ष नेपाललाई भेट्नु नै उपलब्धि भएको प्रतिक्रिया जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्